२३ भदौ २०८३, मंगलबार | September 8, 2026

प्रदेश संसदलाई निशुल्क मुख स्वास्थ्य परिक्षण



बुटवल । लुम्बिनी प्रदेशका सदस्यहरुको निशुल्क दाँतमुख तथा गिँजा परिक्षण गरिएको छ । आधुनिक समाज डेन्टल क्लिनिकको आयोजना तथा प्राविधिक सहयोगमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य, स्वकिय सचिव, मर्यादापालक, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको निशुल्क मुख स्वास्थ्य परिक्षण तथा परामर्श शिविर आयोजना गरेको हो ।

प्रदेश सभामुख पुर्ण बहादुर घर्तिको दाँतमुख तथा गिँजा परिक्षण गरि शिविर सुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै सभामुख घर्तिले अन्य स्वास्थ्यभन्दा दन्त सेवा धेरै संवेदनशिल भएको बताए ।

कार्यक्रममा डेन्टलका अध्यक्ष अमृत भुषालले निति निर्माण गर्ने माननियहरुलाई सचेतना दिलाउने रुपमा शिविर गरिएको बताए । नेपाल जनसंख्याका ९५ प्रतिशत जनसंख्या कुनै न कुनै मुख स्वस्थ्यको समस्याबाट ग्रसित भएको भन्दै घरमै सामान्य उपचार गर्ने गरेको उनले बताए ।

बिस्तारै मुख क्यान्सरको जोखिम बढेको उल्लेख गर्दै दन्त शिविरमा सहभागीहरुलाई औषधीजन्य सामाग्री हस्तान्तरण गरिएको पनि उनले बताए ।

दन्त सेवाबारे आम नागरिकमा सचेतना जगाउन जरुरी रहेको दन्त रोग विशेषज्ञ डा वर्षा थापाले बताईन । पछिल्लो समय क्यान्सर जस्ता जटिल रोगहरु रोक्न समयमा नै प्रत्येक ६–६ महिनामा जाँच आवश्यक रहेको उनले बताइन् । शिविरमा १ सय ५० बढि लुम्बिनी प्रदेशका सदस्य, स्वकिय सचिव, मर्यादापालक, सुरक्षाकर्मी र सचिवालयका कर्मचारीहरुको परिक्षण गरिएको थियो ।

रुपन्देहीका विभिन्न विद्यालयहरुमा शिविरबाट ५० हजार विद्यार्थीहरु लाभान्वित भएको तथा रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँचीका स्थानीय तह, संघसंस्थासंग समन्वय गरि चलाईएको निशुल्क शिविरबाट ३० हजार ग्रामिण क्षेत्र स्थानियहरुले दन्तसेवा लाभ लिएको जनाइएको छ । आधुनिक समाज डेन्टल क्लिनिकमा हाल विशेषज्ञ चिकित्सक ३ जना, डेन्टल सर्जन ४ जना, हाईजनिस, प्राविधिक अन्य कर्मचारी गरि २० जना छन ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार  ७ : २९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार