११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रचण्डको विदेश भ्रमणले माओवादी केन्द्रको बैठक तालिका प्रभावित



काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा जाने भएपछि माओवादी केन्द्रको बैठकका तालिका प्रभावित भएको छ । २१–२५ साउनसम्म अध्यक्ष प्रचण्डको जापान भ्रमण हुने भएपछि पार्टीका बैठक र कार्यक्रम प्रभावित भएको हो ।

नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष प्रचण्ड जापान जाने भएपछि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेशका पूर्वनिर्धारित बैठकका तालिका हेरफेर गरेको हो ।

बैठकको निर्णयअनुसार प्रदेश १ कोे २६ गते बैठक बस्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनका अनुसार मधेश प्रदेशको २ भदौमा बस्ने गरी बैठक सारिएको छ ।

लुम्बिनीको २४ साउनका लागि तय गरिएको बैठक २९ साउनमा बस्ने र २८ साउनका लागि तय गरिएको सुदूरपश्चिमको बैठक ४ भदौमा बस्ने गरी सारिएको प्रवक्ता महराले जानकारी दिए । उनका अनुसार विशेष प्रदेशको ४ भदौ, प्रवासको ६ भदौ र सम्पर्क मञ्चको ८ भदौमा बैठक बस्नेछ ।

प्रवक्ता महराले १५ साउन अपरान्ह ३ बजे बस्ने पार्टीको स्थायी कमिटी वैठकमा पदाधिकारी चयनको विषयमा छलफल हुने जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ४१ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम