३ पुस २०८२, बिहिबार | December 18, 2025

बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान



बारा । सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् ।

किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केराखेतीमा आकर्षित छन् ।

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढन थालेको छ ।

निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बीमा कम्पनीका कर्मचारीहरु होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफु खुसी विवरण तयार गर्ने गरेको खुलेको छ जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन ।

बारामा कृषि बीमाका लागि राष्ट्रिय बीमा समितिले हिमालयन जनरल ईन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त बीमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ ।

इन्स्योरेन्सका शाखा प्रवन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ । ‘हामीलाई जानकारी नै नदिइ कर्मचारी आफुखुसि हाम्रो खोतबारीको विवरण संकलन गर्न आउने रहेछन’

स्थानीय अगुवा किसान गोविन्द खरेलले भने धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगीएको छ उनीहरुले समेत भुक्तानी पाएका छैनन् ।
खरेलका उनका अनुसार कर्मचारीले बीमा गरेका निजगढका करिव २४२ किसान मध्ये ४०÷५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक बर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषि बीमाबाट किसानले राहत महसुस गर्न सकेका छैनन् ।

बीमा कम्पनीको कर्मचारीको लापरवाहीका कारण आफूहरु पीडित हुनु परेको भन्दै किसानले गर्न वर्ष बीमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको बीमा कार्यक्रम राम्रो भएपनि बीमा कम्पनीको कर्मचारी गैरजिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाई छ ।

गत वैशाख १६ गते र त्यस यता वर्षासँगैको हुरीले केराको बोट ढालेर ९ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिव १२ सय बिगा केरा खेती गरिएकोमा करिव १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ ।

हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा नष्ट गरेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए ।

निजगढमा केरा खेती गर्ने करिव ७ सय किसानमध्ये थोरैले मात्रै बीमा गरेको र बिमाबापतको रकम दिन समेत ईन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलााई दुःख दिँदा समस्या बेहोर्नु परेको किसानहरुको गुनासो छ । गत वर्ष हावा हुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन ।

 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : ०३ बजे

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र