३ पुस २०८२, बिहिबार | December 18, 2025

लमजुङका किसानलाई कोदो रोप्ने चटारो



लमजुङ । लमजुङमा कोदो रोप्न सुरु भएको छ । रोपाइँ सकेर फुर्सद पाएका किसानलाई उपयुक्त समय सुरु हुन थालेसँगै एक हप्ता अघिदेखि कोदो रोप्न थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीका अनुसार एक हप्तादेखि जिल्लाभर नै किसानले कोदो रोप्न थालेका छन् ।

जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिका, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिका क्षेत्रमा कोदो उत्पादन हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ४५ प्रतिशत कोदो रोपि सकिएको जिल्लामा समयमै पानी परेर धान पनि छिटो रोपेकाले किसानले कोदो रोप्ने समय पाएका छन् ।

यहाँका किसान बिहान बेलुका घरमा भए पनि दिउँसो खेतबारीमै कोदो रोप्न व्यस्त भइरहेका छन् ।

मस्र्याङ्दी गाउँपालिका–६ लामपाटा गाउँकी दिलमाया तामाङ पनि केही दिनदेखि कोदो रोप्न बारीमा व्यस्त छन् । “धान रोपिसकेर कोदो रोप्न थालेका छौँ, अहिले बिहान र बेलुका मात्र घरमा हुन्छौँ, दिउँसो बारीमा जान्छौँ, घरमा हुने बेला पनि चासो बारीमै हुने गरेको छ”, उनले भनिन्।

हरेक वर्ष करिब पाँच सय मुरीभन्दा बढी कोदो उत्पादन हुने यस गाउँमा हालसम्म ३० प्रतिशत रोपाइँ सम्पन्न भएको बेँसीसहर नगरपालिका–२ चिसोपानीका हिरासिंह गुरुङले बताए ।

जिल्लाका किसानले ढल्लो, स्थानीय र ओख्ले कोदोको बीउ लगाउने गरे पनि सबैभन्दा बढी स्थानीय कोदोको बीउ रोप्ने गरेको केन्द्रले जनाएको छ । जिल्लाका दोर्दी, नाल्मा, भुलभुले, पसगाउँ, भोँजे, गिलुङ, मालिङ, करापुलगायतका गाउँमा कोदो उत्पादन राम्रो हुँदै आएको छ । जिल्लामा सात हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा कोदो लगाइँदै आएको छ । करिब ६ हजार १ सय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  १० : २२ बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले