१८ माघ २०८२, आइतबार | February 1, 2026

लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि



काठमाडौं । लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो । सिटी लगातार दोस्रो सिजन कम्युनिटी सिल्ड जित्नबाट वञ्चित बन्याे ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ७ : १९ बजे

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय केन्द्र नाम्चे बजार नजिकै अवस्थित

माधवकुमार नेपालसहित ९३ प्रतिवादीको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश

काठमाडौं । विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक तथा पूर्वप्रधानमन्त्री