७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाङमा आए १८ डायलायसिस मेसिन



तुलसीपुर । दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो । यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए ।

सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो । लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताए । “यसअघि २३ जनामात्रै बिरामीलाई सेवा दिन सकिएको थियो”, उनले भने, “अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।”

प्रतिष्ठानबाट पनि अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान दाजु भट्टराईले बताए । उनका अनुसार अहिले दुई सिफ्टमा मात्रै सेवा दिने गरिएको भए पनि अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मेसिन सञ्चालनमा आउन करिब तीन महिना लाग्ने मेडिकल सुपरिटेण्डेन्ट डा सिंहले बताए ।

प्रतिष्ठानमा एक्सरे मेसिन

मन्त्रालयले प्रतिष्ठानका लागि एक्सरे मेसिन पनि उपलब्ध गराएको छ । हाडजोर्नीको शल्यक्रियाका लागि उक्त मेसिन उपलब्ध गराएको हो । प्रतिष्ठानका डिन डा सागर पन्थीका अनुसार मेसिन आएपछि हाडजोर्नी बिरामीका लागि उपयोगी हुनेछ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ८ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज