५ पुस २०८२, शनिबार | December 20, 2025

जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

आर्थिक वर्ष २०७९८० को बजेट निर्माणको क्रममा अर्थमन्त्रालयाम अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि छानबिनका लागि राजीनामा दिएका शर्मा छानबिन समितिले क्लिनचिट दिएपछि पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा माओवादीको सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई आइतबार अर्थमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी शर्मालाई मन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शर्माको आजै सपथ ग्रहण कार्यक्रम रहेको छ ।

शर्माले गत असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ४ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको