१८ माघ २०८२, आइतबार | February 1, 2026

साफ यू-२० : भारतसँग नेपालको लज्जास्पद हार



काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबलको समूह चरणको तेस्रो खेलमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार साँझ सम्पन्न खेलमा आयोजक भारतले नेपाललाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोइले दुई गोल गरे । यता, टाइसन सिंह, हिमान्सु जान्ग्रा, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले १/१ गोल गरे ।

खेलको ३२औं मिनेटमा टाइसन सिंहले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । नेपालका गोलरक्षक इश्वर गुरुङको गल्तीको फाइदा उठाउँदै उनले हातबाट फुस्किएको बललाई हेडरमार्फत् गोलमा परिणत गरे ।

पहिलो हाफ १ गोलले अगाडि रहेको भारतले दोस्रो हाफमा थप ७ गोल थप्यो । ५१ औं मिनेटमा पार्थिवसुन्दर गोगोइले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।

त्यसको दुई मिनेट पछि अर्थात् ५२ औं मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै भारतको अग्रता ३-० को बनाए । थ्रु पासमा अफसाइड बिट गर्दै गरेको चिप प्रहारमा गोलमा परिणत भयो ।

६२ अ‍ौं मिनेटमा गिमानाले गोल गर्दै भारतलाई ४-० ले अघि बढाए । ७१ अ‍ौं मिनेटमा भारतले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई झाङ्ग्राले गोल गर्दै स्कोर ५-० पुर्‍याए ।

७८अ‍ौं मिनेटमा मोहम्मदले गोल गर्दै भारतलाई ६ गोलले अघि बढाए । ८९ अ‍ौं मिनेटमा गोल सिंहले गर्दै ७-० को फराकिलो अग्रता दिलाए। इन्जुरी समयमा गोल गर्दै पउलले भारतलाई ८-० को जित दिलाए ।

यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । बंगलादेश ३ खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अंक भएपनि हेड टु हेडमा भारत अघि छ । १-१ अंक जोडेका माल्दिभ्स र श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार  ९ : ५९ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका