५ चैत्र २०८२, बिहिबार | March 19, 2026

म्याग्दीका मुख्य सडक अवरुद्ध



म्याग्दी । म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । जिल्ला सदरमुकाम बेनीदेखि अन्तर जिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ ।

बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको जानकारी दिए ।

मालढुङ्गा-बेनी, बेनी-जोमसोम र बेनी-दरवाङ सडकको ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको उनले बताए । म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गए रातिदेखि सवारी साधन चलेका छैनन् । मालढुङ्गा-बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ ।

बेनीदेखि पोखरा, काठमाडौँलगायत सहरमा जाने आउने सवारी साधनलाई बागलुङ-बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी-जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ ।

जलेश्वरमा पहिराले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो । यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ ।

दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवतजावत गर्न नसक्ने अवस्था छ । बेनी-जोमसोम-कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको बर्सातका कारण समस्या भएको छ ।

शनिबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीमा बाढीको सतह बढेको छ । तटीय क्षेत्र तथा पहिराको जोखिममा रहेका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुरोध गरेका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ०४ बजे

बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै

बागलुङ । बागलुङमा आधा अर्ब लागतमा साना–ठूला ११ सडक आयोजना

मुआब्जा विवादले पूर्व-पश्चिम रेल्वेको काम रोकियो

महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ ।

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी