७ आश्विन २०८३, बुधबार | September 23, 2026

निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्यो, सवारी आवागमन अवरूद्ध



काठमाडौं । धादिङको धुनिबेँशी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गको निमार्णाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन आंसिक रुपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल बर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भाँसिएको छ । सडक भाँसिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका-१ खहरेमा बिहान पहिरो खस्दा सवारी आवामगन अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेशी तुवाचुङडाँडामा पनि अविरल बर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११