१७ पुस २०८२, बिहिबार | January 2, 2026

निर्माणाधीन सिस्नेखोला सुरुङमार्गमा पहिरो खस्यो, सवारी आवागमन अवरूद्ध



काठमाडौं । धादिङको धुनिबेँशी नगरपालिका-९ सिस्नेखोला सुरुङमार्गको निमार्णाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ ।

सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने कार्य भइरहेकाले उपत्यका भित्रिने सवारी साधनको क्यु धादिङको टायलघरसम्म र बाहिरिने सवारीसाधनको लाइन नागढुंङा चेकपोष्टसम्म रहेको छ ।

पानी परिरहेको र पहिरो खस्ने क्रम पनि जारी रहेकाले दुईतर्फी सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । म्याग्दीको रुप्से, जलेश्वर र नौनीबगर लगायतका स्थानमा पनि पहिरो खसेको छ । जसका कारण बेनी–जोमसोम सडकखण्डमा सवारी आवागमन आंसिक रुपमा अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको छ । अविरल बर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा सोमबार बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भाँसिएको छ । सडक भाँसिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ ।

सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्बराक गाउँपालिका-१ खहरेमा बिहान पहिरो खस्दा सवारी आवामगन अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेशी तुवाचुङडाँडामा पनि अविरल बर्षाको कारण बिहान पहिरो खसेर अन्दाजी १५ मिटर सडक अवरुद्ध भएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  १ : २८ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको