१८ माघ २०८२, आइतबार | February 1, 2026

म्याग्दीमा पहिरोले पुरिदाँ दुईको मृत्यु, तीनजना बेपत्ता



म्याग्दी । अविरल बर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने तीनजना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानियवासीले उनीहरुको खोजी जारी राखेका छन ।

प्रहरीका अनुसार स्थानीयबासीहरुले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  १० : ०६ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा