२० मंसिर २०८२, शनिबार | December 6, 2025

९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ



काठमाडौ ।  ९० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बैंकिङ कसुर मुद्दा अन्तर्गत उनी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपाकिा–३ घर भइ हाल काठमाडौंको पुरानो बानेश्वर बस्ने वर्ष ३५ की माया बस्नेत थापा रहेको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट पक्राउ अनुमति जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको बङ्गलामुखीबाट सोमबार पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ६ : ३८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति