१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

प्रधानन्यायाधीश महाअभियोग प्रस्तावमाथि आइतबारबाट संसदमा छलफल शुरु हुने



काठमाडौं । महाअभियोग दर्ता गरेर लामो समय बेवारिसे अवस्थामा राखिएको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा विरुद्धको महाअभियोग प्रस्तावले आइतबारबाट संघीय संसदमा प्रवेश पाउने भएको छ । प्रतिनिधिसभा बैठकमा आइतबारदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो । आइतबार बस्ने प्रतिनिधिसभा बैठकबारे संघीय संसद सचिवालयले प्रकाशन गरेको कार्यसूचीमा राणामाथिको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।

मिति २०७८ फागुन १९ गतेको बैठकमा सांसद देवप्रकाश गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने । संसद सचिवालयले प्रकाशन गरेको कार्यसूचीको बुँदा नम्बर ४ मा उल्लेख छ ।

गत २०७८ फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपनि प्रस्तावमाथि संसदमा छलफल हुन नसक्दा सर्वाेच्च अदालत कार्यबाहक प्रधानन्यायाधीशबाट संचालन हुँदै र्आको छ । महाअभियोग दर्ता भएकै दिनबाट जबरा निलम्बनमा रहेका छन् ।

भोलिको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन बुझाउने लगायतका कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  २ : ५४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर