२३ श्रावण २०८३, शनिबार | August 8, 2026

स्वास्थ्य बिमा कार्यक्रम १ लाखबाट बढाएर १० लाख पुर्‍याउन एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल स्वासथ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिने सरकारको तयारी भइरहेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद योगेश भट्टराईले स्वास्थ्य बिमा कार्यक्रम व्यवसायिक बिमा नभएर सामाजिक सेवा कार्यक्रम रहेको भन्दै निजी क्षेत्रलाई जिम्मा दिने सरकारको तयारीप्रति आपत्ति जनाएका हुन् ।

पछिल्लो समय बिमाबापतको रकम भुक्तानी नभएको बहानामा अस्पतालहरुले कार्यक्रम नै बन्द गरेका भन्दै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए ।

एक लाख रुपैयाँले उपचार सम्भव नरहेको भन्दै उनले स्वास्थ्य बिमा कार्यक्रममा अब १० लाख रुपैयाँको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

बिमा कार्यक्रममा १७ लाख परिवार आवद्ध र ५६ लाख ५० हजार मानिस प्रत्यक्ष संलग्न रहेका भन्दै उनले बिमा कार्यक्रममा २० अर्बभन्दा बढी रकम भुक्तानी भइसकेको जानकारी दिए ।

४०० सरकारी अस्पताल र ५० निजी अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रमअनुसार स्वास्थ्य सेवा प्रदान गरिएको भन्दै सांसद भट्टराईले तर, अहिले सरकारले निजी क्षेत्रलाई बिमा कार्यक्रमको जिम्मा दिनेगरी बजेट ल्याएको दोहो-याए ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  १२ : २५ बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध