१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बन्चरेडाँडा जाने सडक, आयोजनाको कारण नरोकिएको ल्याण्डफिल आयोजनाको दाबी



काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक अवरुद्ध नभएको बताएका छन् । उनले कठिन मानिएको सिसडोलमा एकतर्फी रूपमा फोहोर बोकेर गाडी जान सक्ने गरी व्यवस्था मिलाइएको भन्दै आयोजनाको कारण फोहोरका गाडी नरोकिएको बताएका हुन् ।

विगत २०७६ सालदेखि बन्चरेडाडाँमा ल्यान्डफिल साइट र कोल्पुखोला जलाधार क्षेत्रमा पूर्वाधारको निर्माणको गर्दै आएको बताउँदै उनले हाल तीनपिप्लेदेखि बन्चरेडाडाँसम्म सडक यातायातमा बाधा नपर्ने गरी काम भइरहेको बताए । ुसडक स्तरउन्नतीको काम तीव्र गतिमा भइरहेको छ, सडकको कारण फोहर ढुवानी रोकिएको छैन,’ उनले भने ।

यसअघि आयोजनाले बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक एक साता बन्द गरेर फोहोरको डगुर रहेको सिसडोल खण्डमा सडक स्तरउन्तीको काम सम्पन्न गरेको थियो । सिसडोलमा खण्डमा हाल ग्याबिङ भरेर गाडी नफस्ने व्यवस्था मिलाइएको छ ।

आयोजनाले तीनपिप्ले हुँदै बन्चरडाँडा ल्याण्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरउन्नतीको काम अघि बढाएको छ । ठेक्का सम्झौता भएर असार पहिलो साताबाट स्तरउन्ततीको काम हुँदै आएको छ । बोहोराले भने, ‘सिसडोलमा फोहोर माथिबाट गाडी बन्चरेडाँडा ल्याण्डफिल साइट लैजानको लागि अहिले सिसडोलमा दुई सय मिटरमा ग्याबिङ भनेर वर्षाको समयमा पनि निर्बाध रूपमा गाडी गुड्न सक्ने गरी काम सम्पन्न गरेका छौं ।’ बन्चरेडाँडा जाने सडक ११ करोडमा लगानीमा स्तरउन्नती हुन लागेको हो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ४६ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण