१७ माघ २०८२, शनिबार | January 31, 2026

रोहितको कप्तानीमा एसिया कप खेल्ने भारतीय टिम घोषणा



काठमाडौं । आगामी एसिया कप २०२२ का लागि अल इन्डिया सिनियर सेलेक्सन कमिटीले खेलाडी छनोट गरेको छ ।

२७ अगस्ट देखि ११ सेप्टेम्बरसम्म यूएईमा हुने प्रतियोगिताका लागि रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । घोषित टिममा पूर्वकप्तान बिराट कोहलीको पुनरागमन भएको छ ।

६ टिम सहभागी १५ औं संस्करणको प्रतियोगिता यस पटक टी-२० फर्म्याटमा हुनेछ । अन्तिम पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा भएको थियो ।

भारत साविक विजेतासमेत हो । भारतले हालसम्म सर्वाधिक सात पटक उपाधि जितेको छ ।

सहभागी टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । पाकिस्तान, भारत र छनोट एक टिम समूह ए मा छन् । यस्तै, श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । एक आपसमा प्रतिस्पर्धापछि समूहका शीर्ष दुई सेमिफाइनलमा स्थान बनाउने छन् ।

भारतीय घोषित टिममा चोटका कारण जस्प्रीत बुम्राह र हर्षल पटेल बाहिर छन् । यस्तै, श्रेयर इयेर, अक्षर पटेल र दीपक चाहर वैकल्पिक खेलाडीमा छन् ।

एसिया कपको उद्घाटन खेलमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ ।

भारतीय टिम:

रोहित शर्मी (कप्तान), केएल राहुल (उपकप्तान), बिराट कोहली, सुर्यकुमार यादव, दीपक हूडा, रिशब पन्त (विकेट किपर), दिनेश कार्तिक (विकेट किपर), हार्दिक पान्ड्या, रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, युजभेन्द्र चहल, रबि बिश्नोइ, भुवनेश्वर कुमार, अर्शदीप सिंह,आभेष खान

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ५७ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले