१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेतृत्व फेरिएसँगै बुटवलमा जग्गा नापजाँचको काम पुनः शुरु



बुटवल । अघिल्लो नेतृत्वले बुटवलका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन नापी सकेर लालपुर्जाको प्रक्रियामा पुगेको बताईरहँदा बुटवल उपमहानगरमा नेतृत्व फेरिएसँगै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न भन्दै जग्गा नापजाँचको काम पुनः शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नयाँ नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको कामको पुनः उद्घाटन गरेका छन् । अघिल्लो नगर प्रमुख एमालेका शिवराज सुबेदीले पनि बुटवल १७ बाटै नापजाँच शुरु गराई काम सम्पन्न भएको दाबी गरेका थिए ।

नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने बताए । उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न स्थानीयलाई आग्रह गरे । अघिल्लो नगरप्रमुखकै भाषामा पाण्डेले पनि बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरेका थिए । उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको पनि बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताएका छन् ।

पुनः नापी शुरु भएको समबन्धमा खबरकुरासँग प्रतिक्रिया दिँदै पुर्व मेयर शिवराज सुबेदीले स्थानीय पालिका र भूमि आयोगलाई लालपुर्जा वितरणको अधिकार नभएको बताए । उनले सिफरिस सम्म गर्न सकिने विषयलाई लालपुर्जा नै दिने बताएर अतिरञ्जना गरिएको बताउँदै अघिल्लो नेतृत्वले सम्पन्न गरेको कामको स्वामित्व लिन आग्रह गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ३२ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारत । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति