२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेतृत्व फेरिएसँगै बुटवलमा जग्गा नापजाँचको काम पुनः शुरु



बुटवल । अघिल्लो नेतृत्वले बुटवलका अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन नापी सकेर लालपुर्जाको प्रक्रियामा पुगेको बताईरहँदा बुटवल उपमहानगरमा नेतृत्व फेरिएसँगै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न भन्दै जग्गा नापजाँचको काम पुनः शुरु भएको छ । बुटवल उपमहानगरपालिकाका नयाँ नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको वडा नं १७ बाट नापजाँचको कामको पुनः उद्घाटन गरेका छन् । अघिल्लो नगर प्रमुख एमालेका शिवराज सुबेदीले पनि बुटवल १७ बाटै नापजाँच शुरु गराई काम सम्पन्न भएको दाबी गरेका थिए ।

नापजाँचको काम शुरुवात गर्दै नगरप्रमुख पाण्डेयले प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने बताए । उनले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न स्थानीयलाई आग्रह गरे । अघिल्लो नगरप्रमुखकै भाषामा पाण्डेले पनि बुटवल क्षेत्रमा लामो समयदेखिको भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि काम शुरु भएको बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गरेका थिए । उनले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको पनि बताए ।

राष्ट्रिय भूमि आयोग रुपन्देहीका सदस्य यमलाल तिवारीले नापजाँचको काममा साथ दिन स्थानीयसँग आग्रह गरे । नापी अधिकृत कपिल ज्ञवालीले स्थानीयले सहयोग गरेमा नापीको काम तीब्र गतिमा अघि बढ्ने बताएका छन् ।

पुनः नापी शुरु भएको समबन्धमा खबरकुरासँग प्रतिक्रिया दिँदै पुर्व मेयर शिवराज सुबेदीले स्थानीय पालिका र भूमि आयोगलाई लालपुर्जा वितरणको अधिकार नभएको बताए । उनले सिफरिस सम्म गर्न सकिने विषयलाई लालपुर्जा नै दिने बताएर अतिरञ्जना गरिएको बताउँदै अघिल्लो नेतृत्वले सम्पन्न गरेको कामको स्वामित्व लिन आग्रह गरे ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ३२ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम