१ आश्विन २०८३, बिहिबार | September 17, 2026

क्यान्सरबाट पीडित कांग्रेस नेता प्रदीप गिरी र कर्मा घलेको अवस्था सुधारोन्मुख



काठमाडौं । नेपाली कांग्रेसका दुई नेता क्यान्सर रोगबाट जुधिरहेका छन् । समाजवादी चिन्तक एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरी र कर्मा घले अहिले नेपालमै क्यान्सरको उपचार गराइरहेका छन् ।

लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात केही महिनाअघि नेपाल आएका नेता गिरीमा निमोनिया देखिएकोले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

यसैगरी, कांग्रेस सांसद कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा केही दिन उपचार गराई हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार गराइरहेका छन् ।

नेपाली कांग्रेस संसदीय दलले सांसदद्वय गिरी र घलेको स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ४ : २८ बजे

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई