६ बैशाख २०८१, बिहिबार | April 18, 2024

बैतडीमा पेट्रोलियम पदार्थको अवैध कारोबार



बैतडी । बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् ।

जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् ।

यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घटनाको जोखिम छ भने उनीहरूले अत्याधिक महँगो भाउमा बिक्री गर्दा यातायात व्यवसायीले गाडी भाडासमेत बढाएका छन् ।

यस्ता व्यापारीका कारण बजारहरूमा दुर्घटनाको जोखिम बढेको निर्माण व्यवसायी मदनमोहन बिष्टले बताए । उनले भने, ‘जिल्लाका व्यस्त बजारहरूमा ड्रममा भरेर डिजल र पेट्रोल राखिएको छ । अति प्रज्जवलनशील पदार्थमा सामान्य आगो लागेमा बजार नै सखाप हुने जोखिम छ । औषधि पसल, होटल तथा मदिरा पसल, कपडा पसल, जुत्ता पसल, किराना पसलदेखि तरकारी पसल सम्ममा पेट्रोलको बिक्री हुन्छ ।’

अवैध कारोबारीले डिजेल र पेट्रोल अत्याधिक मूल्यमा बिक्री गर्दै आएका छन् । डिजेलको मुल्य प्रतिलिटर १७३ रुपैयाँ भए पनि अवैध कारोबारीले २१० रुपैयाँ प्रतिलिटरमा बेच्दै आएकाछन् । पेट्रोलको मूल्य १८५ रहेकोमा अवैध कारोबारीले कम्तीमा २२० रुपैयाँमा बेच्दै आएकाछन् ।
अवैध कारोबार गरिरहेका व्यापारीबाट सरकारी कार्यालयहरू सहित अन्य उपभोक्ताले पेट्रोलियम पदार्थ खरिद गर्दै आएकाछन् ।

बैतडीको सतबाँजमा रहेको एकमात्रै भण्डारी आयल स्टोरले भने डिजल मात्रै बेच्ने गरेको छ । उक्त आयल स्टोरलाई जिल्ला प्रशासनले पटक–पटक पेट्रोलको कारोबार गर्न निर्देशन दिए पनि तीन वर्षदेखि आनाकानी गरिरहेको छ ।

जिल्लाको खोड्पेमा स्थानीय व्यापारी भानु बिष्टले पाँच वर्षअघि नै पेट्रोल पम्प खालेकोमा अझै सञ्चालन अनुमति पाएको छैन । अनुमतिका लागि पटक–पटक जिल्लादेखि केन्द्र सम्म धाएका बिष्टले अनुमती नपाएपछि पेट्रोल पम्पमा गरेको करिब एक करोड लगानी खेर गएको छ । तर, जिल्लामा अर्को पम्प नहुँदा उपभोक्ता भने मारमा परेका छन् ।

जिल्लामा पेट्रोलियम पदार्थको अवैध कारोबारका बिषयमा जिल्ला प्रशासन कार्यालयले चासो देखाएको जनाएको छ । जिल्लामा सञ्चालीत भण्डारी आयल स्टोरलाई पेट्रोलको कारोबारका लागि त्रिपक्षीय सहमति गरेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए ।
उनले भने, ‘भण्डारी आयल स्टोर र नेपाल आयल निगमसँग हामीले संयुक्त छलफल गर्दा स्टोरका तर्फबाट वातावरणीय प्रभावका कारण घाटा हुने कुरा आएपछि निगमले पेट्रोल मूल्यमा ०.२४ प्रतिशत घाटा व्यहोर्ने बतायो ।

यो निर्णयसँगै उक्त आयल स्टोरले पेट्रोलको कारोबार गरेमा समस्या समाधान हुन्छ ।’ सतबाँजस्थित आयल स्टोरले चिसो ठाउँमा सञ्चालन गरेकाले पेट्रोलमा घाटा हुने बताउँदै आएका थिए ।

बजारहरूमा अवैध रुपले पेट्रोलियम पदार्थको कारोबार भइरहेको विषयमा भने केही व्यापारीसँग आयल निगमको अस्थायी अनुमति रहेको भारती बताउँछन् ।

उनले भने, ‘बजार अनुगमनका क्रममा हामीले प्रश्न गर्दा एक÷दुई जनासँग पम्पमा पेट्रोल नआएसम्मका लागि कारोबार गर्न पाउने कागज छ । तर, पम्पले पेट्रोल ल्याएमा उनीहरूको कारोबार बन्द हुन्छ । अन्य व्यापारीहरू आफ्नै निजी प्रयोगका लागि पेट्रोलियम पदार्थ ल्याएर राखेको बताउँछन् ।’

अहिले जिल्लामा रहेको आयल स्टोरलाई सुचारु गर्नका लागि पहल गर्ने भारतीको भनाइ छ । ‘५० लाख धरौटी राखेर अर्काले खोल्न सक्दैन । उसैले कारोबार गर्ने भएको छ । उसले लगातार तीन वर्षसम्म ल्याएको छैन । अब नल्याएमा बन्द हुन्छ र अरुले आयल स्टोर खोल्छन्,’ भारतीले भने ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  १ : ०५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी