२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

साझा चुनाव चिन्ह र घोषणापत्रसहित चुनावमा जाने प्रचण्ड र बाबुरामबीच सहमति



काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी केन्द्रबीच एउटै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी केन्द्रका अध्यक्ष भट्टराईबीच आज भएको भेटवार्तामा आगामी प्रदेश र प्रतिनिधि सभामा एउटै चुनाव चिन्ह लिएर लड्ने सहमति भएको हो । प्रचण्डलाई भेट्न भट्टराई बिहानै खुमलटार पुगेका थिए ।

दुई नेताहरुबीच अहिले यौटै चुनाव चिन्ह (माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा), साझा घोषणा पत्र, समानुपातिकको साझा बन्द सूची लिएर निर्वाचनमा जाने र मंसिर पछि पार्टी एकता समेत गर्ने समझदारी बनेको बताइएको छ ।

दुई पार्टीले यौटै चुनाव चिन्ह र साझा घोषणापत्र लिएर आगामी निर्वाचनमा लड्ने सहमति भएपनि औपचारिक सहमति भने हुन बाँकी छ । संभवतः सोमबार दुई पार्टीबीच हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता गर्न जाने योजना रहेको छ ।

२०७२ असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भएपछि असन्तुष्ट भएका भट्टराईले माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति पार्टी बनाएका थिए । पछि उनी जनता समाजवादी पार्टीको संघीय परिष्द अध्यक्षसम्म बने भने केही समय अघि मात्र सो पार्टीबाट बाहिरिएर नेपाल समाजवादी पार्टी बनाएका हुन् ।
प्रचण्ड र भट्टराईबीच समाजवादी केन्द्र बनाउने विषयमा पटकपटक छलफल हुँदै आएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ५५ बजे

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु

रुपन्देहीका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा, बुटवलमा बृहत प्रदर्शन गर्ने तयारी

बुटवल । रुपन्देहीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनका

रूपन्देहीको सैनामैनास्थित घमाहा खोलाको पुल भासिँदा राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनास्थित घमाहा खोलामा रहेको

रक्षा मन्त्रालयको लक्ष्यअनुसार असी प्रतिशतभन्दा बढी प्रगति

काठमाडौँ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्षको त्रैमासिक लक्ष्यअनुसार ८०