२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने



काठमाडौं । प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।

सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

सोमबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । प्राप्त राष्ट्रपति कार्यलयको पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची आएको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ५४ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको