२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नागरिकता विधेयक प्रमाणिकरणका जस्ताको त्यस्तै राष्ट्रपतिलाई पठाउने सत्तारुढ दलको निर्णय



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई जस्ताको त्यस्तै राष्ट्रपतिलाई प्रमाणिकरणका लागि पठाउने भएका छन् ।

मंगलबार बसेको गठबन्धन बैठकमा विधेयकलाई यथास्थितिकै अवस्थामा तत्काल प्रक्रियामा लैजाने निर्णय गरेको हो ।

राष्ट्रपतिबाट फिर्ता आएको उक्त विधेयकलाई तत्काल प्रक्रियामा लैजाने सहमति भएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सुझाव सन्देशसहित विधेयक फिर्ता पठाएको जानकारी मंगलबार संसद बैठकलाई जानकारीसमेत दिइएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही प्रावधानमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा फिर्ता पठाएकी हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : ४९ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि