२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

नेपालगन्जका मेयर विष्ट र भौतिक पूर्वाधार मन्त्री राईबीच बलियो सहकार्य, देखिन थाल्यो परिणाम



नेपालगन्ज । नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र संघीय सरकारका भौतिक पूर्वाधार मन्त्रीको बलियो सहकार्य कायम भएपछि नेपालगन्जमा सहकार्यका परिणामहरु देखिन थालेका छन् । गठबन्धनबाट स्थानीय निर्वाचनमा एउटै मञ्चबाट गरिएका बाचाहरु पुरा हुने क्रम शुरु भएको नगर प्रमुख विष्टले बताएका छन् । मन्त्रीका बिश्वासपात्र नेपालगन्जका उपप्रमुख कमरुद्दिन राई सहित तत्काल गर्नुपर्ने विकास निर्माणका योजना लिएर साउन महिनामा मात्र तीन पटक राजधानी पुगेका मेयर विष्टले निर्वाचनमा गरेका बाचाहरुको परिणाम आउन थालेको बताए ।

नेपालगञ्ज क्षेत्रबाट निर्वाचित सांसद मोहम्मद ईस्तियाक राई मन्त्री भएपछि उप–महानगरपालिकाको समन्वयमा विभिन्न विकास निर्माणका योजनाहरु कार्यान्वयनमा आउन थालेको उनले बताए ।

नगर प्रमुख विष्टका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकादौंमा आकाशे पुल निर्माणका लागि टेण्डर आव्हान गरिएको छ भने कोहलपुरको त्रिभुवन माध्यामिक विद्यालय अगाडी सहित ५ स्थानमा १५ महिनाभित्र काम सम्पन्न गर्ने गरि मन्त्रालयले आकाशे पुलको टेण्डर आव्हान गरेको हो ।

यसैगरी नगरको जमुनाहदेखि राँझा चोकसम्मको १०.८ किलोमिटरको सडक स्तरउन्नती गरि असफाल्ट कालोपत्रे निर्माणका लागि मन्त्रालयले टेण्डर आव्हान गरिनुका साथै सोही सडक खण्डको आसपासमा ट्राफिक तथा स्ट्रिट लाईट जडानका लागि समेत मन्त्रालयले टेण्डर आव्हान गरेको नगर प्रमुख विष्टले बताए । उनलेले उपमहानगरपालिकाकै पहलमा विभिन्न वडाहरुमा १५ किलोमिटर सडक तथा नाला निर्माण र अन्य सडक सुधार तथा स्तरोन्नतिका लागि पनि टेण्डर आव्हान भएको बताए ।

जिल्लाबासी मन्त्री पाएपछि नेपालगञ्जमा एकपछि अर्को गरि विकास निर्माणका योजना कार्यान्वयनमा आउन थालेको बताउँदै उपमहानगरपालिकासँगको समन्वय र सहकार्यमा मन्त्रालयले योजनाको कार्यान्वयन अघि बढाएको जानकारी दिए ।

नगर उपप्रमुख कमरुद्धिन राईले थप केही दिनमै नगरभित्रका भित्री सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने जानकारी दिए । नयाँ सडक लगायतका अन्य योजनाहरुको आन्तरिक प्रक्रिया पुरा भईसकेका कारण केही दिनमै कार्यान्वयनमा जाने उपप्रमुख राईले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ६ : ५८ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि