२४ श्रावण २०८३, आइतबार | August 9, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा सेटिङ प्रकरण : लेखा समितिले पनि काट्यो पत्र



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणकालागि खुलाईएको टेण्डर प्रकरणमा लुम्बिनी प्रदेशसभा सार्वजनिक लेखा समितिले चासो देखाएको छ । लेखा समितिले सो टेण्डर प्रकरणमा चासो व्यक्त गर्दै प्रदेश पुर्वाधार बिकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेललाई लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात लिएर उपस्थित हुन निर्देशन दिएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रियामै करोडौंको आर्थिक चलखेल गरि निश्चित कम्पनीलाई मात्रै ठेक्का प्रक्रियामा सहभागि मिल्ने गरि टेण्डर आव्हान गरिएको भन्दै यसअघि परेको उच्च अदालतको मुद्दा बिचाराधिन रहेकै बेला सार्वजनिक लेखा समितिले पनि उक्त निर्देशन दिएको हो ।

समितिको बुधवार बसेको बैठकले एक साता भित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजात सहित प्रदेश पुर्वाधार बिकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोखरेल आफै उपस्थित हुन निर्देशन दिएको समितिका सभापती विष्णु पन्थीले जानकारी दिए ।

पछिल्लो पटक सरकार परिवर्तन भएपछि गत फागुन ८ गते आव्हान गरिएको ठेक्का प्रक्रिया पनि मिलोमतोमा गरिएको र राज्यलाई एक अर्ब ४ करोड बढि नोक्सान हुने भन्दै प्राधिकरणका तत्कालिन कार्यकारी प्रमुख अनन्तराम घिमिरेले गत चैत १४ गते अस्पतालको टेन्डर रद्द गर्दै राजीनामा दिएका थिए । तर पुनः असार ९ गते आह्वान गरिएको अस्पताल भवन निर्माणको टेन्डर प्रक्रियामा पनि पुरानै नियती देखिएको भन्दै निर्माण व्यवसायीले आपत्ति जनाएका छन् ।

 

प्रकाशित मिति : १ भदौ २०७९, बुधबार  ७ : ०१ बजे

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार