२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

शिवसेनाका नेता खनालले नेपालगन्जमा गरे उम्मेदवारी घोषणा



नेपालगन्ज ।  नेपालगन्जका पुराना हिन्दुबादी एबं शिवसेनाका नेता दिवाकर खनालले बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर खनालले नेपालगन्ज समेटिएको क्षेत्र नंम्बर २ बाट उम्मेदवारी घोषणा गरेका हुन् । नेपाललाई हिन्दु राष्ट्र बनाउने मुख्य एजेन्डासहित खनालले उम्मेदवारी घोषणा गरे ।

२०५४ सालको निर्वाचनमा खनाल झिनो मत अन्तरले पराजित भएका खनाल सशस्त्र द्वन्द्वमा तत्काल जनयुद्धमा रहेको माओवादीको गोलि प्रहारबाट घाईते भई लामो समय अमेरिकामा उपचार गराएर बसेका थिए । लगातार १४ वर्ष अमेरिकामा बसेर आएका खनालले अमेरिकी ग्रिनकार्ड त्यागेर नेपालमा राजनीति गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै खनालले हिन्दु राष्ट्र बनाउन र देशको सेवा गर्नका लागि आफूले अमेरिका कार्ड त्यागेको बताए ।

उनी शिव सेनामा आवद्ध रहेपनि शिव सेना निर्वाचन आयोगमा दर्ता नभएकाले उनको उम्मेदवारी स्वतन्त्र हुने छ । स्वतन्त्रबाट नै प्रदेशसभामा क्षेत्र नं. २ ‘क’ मा राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् । एउटै मञ्चबाट खनाल र रौनियारले उम्मेदवारी घोषणा गरेका हुन् । खनाल र रौनियार दुबैजना शिव सेनाका अगुवा मानिन्छन् । २०६३ सालको नेपालगन्जमा भएको हिंसात्मक दङ्गामा शिवसेनजाको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेपनि दङ्गा नियन्त्रणमा आएपछि सो प्रतिबेदन कार्यान्वयनमा आएको थिएन ।

नोट : शिर्सक फरक पर्न गएकाले सच्याइएको छ – सम्पादक

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : ३३ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न