२२ मंसिर २०८२, सोमबार | December 9, 2025

शिवसेनाका नेता खनालले नेपालगन्जमा गरे उम्मेदवारी घोषणा



नेपालगन्ज ।  नेपालगन्जका पुराना हिन्दुबादी एबं शिवसेनाका नेता दिवाकर खनालले बाँके क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गरेर खनालले नेपालगन्ज समेटिएको क्षेत्र नंम्बर २ बाट उम्मेदवारी घोषणा गरेका हुन् । नेपाललाई हिन्दु राष्ट्र बनाउने मुख्य एजेन्डासहित खनालले उम्मेदवारी घोषणा गरे ।

२०५४ सालको निर्वाचनमा खनाल झिनो मत अन्तरले पराजित भएका खनाल सशस्त्र द्वन्द्वमा तत्काल जनयुद्धमा रहेको माओवादीको गोलि प्रहारबाट घाईते भई लामो समय अमेरिकामा उपचार गराएर बसेका थिए । लगातार १४ वर्ष अमेरिकामा बसेर आएका खनालले अमेरिकी ग्रिनकार्ड त्यागेर नेपालमा राजनीति गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै खनालले हिन्दु राष्ट्र बनाउन र देशको सेवा गर्नका लागि आफूले अमेरिका कार्ड त्यागेको बताए ।

उनी शिव सेनामा आवद्ध रहेपनि शिव सेना निर्वाचन आयोगमा दर्ता नभएकाले उनको उम्मेदवारी स्वतन्त्र हुने छ । स्वतन्त्रबाट नै प्रदेशसभामा क्षेत्र नं. २ ‘क’ मा राजकुमार रौनियारले उम्मेदवारी घोषणा गरेका छन् । एउटै मञ्चबाट खनाल र रौनियारले उम्मेदवारी घोषणा गरेका हुन् । खनाल र रौनियार दुबैजना शिव सेनाका अगुवा मानिन्छन् । २०६३ सालको नेपालगन्जमा भएको हिंसात्मक दङ्गामा शिवसेनजाको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेपनि दङ्गा नियन्त्रणमा आएपछि सो प्रतिबेदन कार्यान्वयनमा आएको थिएन ।

नोट : शिर्सक फरक पर्न गएकाले सच्याइएको छ – सम्पादक

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १० : ३३ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट