४ चैत्र २०८२, बुधबार | March 18, 2026

अस्पतालमा प्रदीप गिरिलाई भेटेपछि निधिले लेखे- ईश्वरीय चमत्कारका लागि प्रार्थना



काठमाडौं । उपचाररत नेता प्रदीप गिरिलाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गरेको र अरुलाई पनि गर्न आग्रह गरेका छन् । गिरिको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार मेडिसिटी अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् ।

ललितपुरस्थित मेडिसिटी अस्पतालबाट फर्किंदै गर्दा सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ।’

साउन दोस्रो साता भर्ना भएका नेता गिरिको सघन उपचार कक्ष [आईसीयू] मा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार नआएपछि उनलाई आईसीयूमा राखेर उपचार जारी राखिएको छ ।

गत मंगलबार कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए ।

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ६ : ०५ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका