२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोरोनाको जोखिमसँगै आइसियुसहितका आइसोलेसन तयार



बैतडी । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै बैतडीमा पूर्वतयारी थालिएको छ । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले पनि यहाँ जोखिम बढेको छ ।

जोमिख न्यूनीकरण र व्यवस्थापनका लागि आइसोलेसन निर्माण गरिएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्ला अस्पतालको नयाँ भवनमा १० शय्याको आइसोलेसन तयार पारिएको छ । जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार बढ्दो कोरोनाको सङ्क्रमणलाई ध्यानमा राखेर सङ्क्रमितको व्यवस्थापनका लागि आइसोलेसन तयार पारिएको हो । दशरथचन्द नगरपालिका र जिल्ला अस्पतालको संयुक्त सहकार्यमा आइसोलेसन तयार पारिएको हो । महिला पुरुषका लागि छुट्टाछुट्टै आइसोलेसन तयार पारिएका छन् ।

यस्तै जिल्ला अस्पतालामा पनि आइसियुसहितको चार शय्याको आइसोलेसन तयार पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयअनुसार आइसोलेसन निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उक्त बैठकले रु पाँच लाख बराबरको कोरोना कोष स्थापना गर्ने, होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई खोपको दायरमा ल्याउने, जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सको लगत यथाशीघ्र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको सचिवालयमा पेश गर्ने निर्णय गरेको थियो ।

यसैगरी प्रत्येक स्थानीय तहमा स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र स्थापना गर्ने निर्णय भएको छ । त्यसका लागि जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको थियो ।

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार चार सय २१ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ ले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ७ : १४ बजे

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक