१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

बुटवलमा संचालनको तयारीमा रहेको भारतिय प्रजनन् स्वास्थ्य शिविरमाथि उपमहानगरको हस्तक्षेप, शिविर चलाउन रोक



बुटवल । गैरकानुनीरुपमा प्रजनन उपचार भन्दै भारतबाट नेपालमा आएर स्वास्थ्य परामर्श दिन खोज्ने एक चिकित्सकको शिबिरलाई बुटवल उपमहानगरले हस्तक्षेप गरेर रोकेको छ । गोरखपुरकी एक स्त्री रोग विशेषज्ञको नाममा प्रजजन् स्वास्थ्य शिविर राख्ने तयारीमा रहेकी डा. नेहा सिंहको शिविरलाई उपमहानगरको स्वास्थ्य महाशाखाले रोक लगाएको हो ।

बुटवल स्थित होटल डासिंसमा आजबाट शुरु हुन गईरहेको प्रजनन् स्वास्थ्य शिविरलाई रोक लगाईएको बुटवल उपमहानगर स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए । नेपाल सरकारको कुनै पनि निकायमा सूचीकृत नगरि र कुनै निकायबाट स्विकृती समेत नलिई शिविर संचालनको तयारी गरिएकाले रोक लगाईएको पाण्डेले बताए ।

पाण्डेका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. बिन्दु खरेलको सहयोगमा गोरखपुरकी विशेषज्ञ भनिएकी नेहा सिंहले बुटवलमा प्रजनन् स्वास्थ्य शिविर चलाउने तयारी गरेकी थिईन् । नेपालको मेडिकल काउन्सिल र कुनै निकायबाट अनुमति नपाएका कसैलाई स्वास्थ्य जस्तो संवेदनशिल विषयमा खेडवाल गर्ने छुट नदिईने प्रमुख पाण्डेले बताए ।

निशुल्क भिडियो एक्सरे, निशुल्क दर्ता र परामर्शको विज्ञापन गरेर प्रजनन् समस्या भएका महिलाहरुलाई भारतमा उपचार गर्न पठाउने मिशनका साथ शिविर संचालन गर्ने तयारी गरिएको उनले बताए ।

प्रकाशित मिति : ४ भदौ २०७९, शनिबार  ७ : ३५ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन