१६ माघ २०८२, शुक्रबार | January 31, 2026

अन्तिम श्रद्धाञ्जलीका लागि नेता गिरिको शव आइतबार मेडिसिटी अस्पताल र पार्टी कार्यालय सानेपामा राखिने



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद् स्वर्गीय प्रदीप गिरिको शव अन्तिम श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल र पार्टी कार्यालय सानेपामा राखिने भएको छ ।

घाँटीको क्यान्सर र निमोनियाबाट शनिबार राति ९ः३० बजे मेडिसिटी अस्पतालमा निधन भएका नेता गिरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल र ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक मीनबहादुर विश्वकर्माले बताएका छन् ।

उनका अनुसार गिरिको अन्तिम संस्कार आइतबार नै पशुपति आर्यघाटनमा गरिने छ ।

तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको गिरिको क्यान्सर र निमोनियाको जटिलताका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

भेन्टिलेटरमा उपचार हुँदै आए पनि परिवारको आग्रहमा उनलाई शुक्रबार त्यहाँबाट निकालेर आइसियुमा राखिएको थियो ।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो । करिब एक वर्ष उपचारमा पनि सन्तोषजनक नतिजा नआएपछि उनी नेपाल फर्किएका थिए । नेपाल आउनासाथ क्यान्सरकै कारण विभिन्न समस्यासँगै निमोनियासमेत देखिएपछि गत साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ५ भदौ २०७९, आइतबार  ७ : ०१ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी