२१ बैशाख २०८३, सोमबार | May 4, 2026

आज संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा शोक प्रस्ताव प्रस्तुत गरिँदै



काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाको ११ औँ अधिवेशनको ५७ औँ बैठक बस्न लागेको हो । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यसअघि, हिजोका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । गिरिको निधनकै कारण हिजोको बैठक स्थगित गरिएको थियो ।

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरिको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको १२ औँ अधिवेशनको ४७ औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ः५९ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  ७ : २३ बजे

मन्त्रिपरिषद् बैठक आज : मन्त्रालय मर्ज र खारेजको खाका पेश हुने

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा हजारौँ वर्षदेखि वैशाख पूर्णिमाको अवसरमा

बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ

लिपुलेकबारे भारतको अडान : नेपालको दाबी अस्वीकार, वार्तामार्फत समाधानको प्रस्ताव

नयाँ दिल्ली । भारतले लिपुलेक पासलाई कैलाश मानसरोवर यात्राको ऐतिहासिक

भैँसीगोठमा पूर्णबहादुरका ५७ वर्ष

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका-४ खाम्लाका पूर्णबहादुर जैसीलाई १८ वर्षको