८ माघ २०८२, बिहिबार | January 22, 2026

माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकता संयोजन समिति बन्ने, यौटै घोषणापत्रमा चुनाव लड्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच यौटै घोषणापत्रबाट चुनाव लड्ने सहमति भएको छ ।

हात्तिवनस्थित एक घरमा दुई अध्यक्षबीच आज भएको छलफलमा एकै घोषणापत्रमार्फत चुनाव लड्ने सहमति भएको हो ।

दुई पार्टीबीच पार्टी एकता संयोजन समिति बनाउने सहमति पनि भएको छ । एकीकृत समाजवादीले यसअघि नै माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने निर्णय गरिसकेको छ । छलफलमा छिट्टै पार्टी एकता गर्ने सहमति भएको छ ।

छलफलमा माओवादीको तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : ६ भदौ २०७९, सोमबार  २ : १३ बजे

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको चुनौती

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो दोस्रो

रास्वपाको चुनावी अभियान : इलाममा बालेन्द्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले बलिङ गर्दै

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा

लामाखेतमा धमाधम नदी नियन्त्रणको काम हुँदै

म्याग्दी । लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।