२५ श्रावण २०८३, सोमबार | August 10, 2026

लागूऔषध र बन्यजन्तुको आखेटोपहारसहित काठमाडौंबाट कारोबारी पक्राउ



काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकबाट प्रहरीले लागूऔषध र बन्यजन्तुको आखेटापहार कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियावास–१ घर भएका सुक बहादुर तामाङ छन् ।

भदौ ८ मा पक्राउ गरिएका तामाङको साथबाट लागुऔषध एम्फेटामाइन ७९ ग्राम, ४ किलो ९४ ग्राम चरेश र आखेटोपहार बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी योगेन्द्र खड्काले रातोपाटीलाई बताए ।

काठमाडौंमा रहेको आरोपीको डेराबाट लागु औषध नियन्त्रण ब्यूरोको टोलीले १ हजार दरको १ थान नक्कली रुपैयाँ, २३६ थान नक्कली अमेरिकी डलर, ११ वटा सालकको खपटा, ६ वटा जंगली जनावरको दाँत, पंक्षीको खुट्टा ३ वटा र विभिन्न जनावरका हड्डीहरु बरामद गरेको छ ।

उनको साथबाट प्रहरीले भुटान, म्यानमारसहित ९ देशका मुद्रा बरामद गरेको छ । थाइल्याण्डबाट ल्याएको एम्फेटामाइन १० हजारमा बेच्न खोज्दा पक्राउ परेका सुकबहादुर २०७४ माघमा खैरो हेरोइन सहित पाकिस्तानमा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  ८ : ३६ बजे

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास