२५ श्रावण २०८३, सोमबार | August 10, 2026

राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी भएकी छन् । सिस्नुपानी नेपालले शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उनी सहभागी भएकी हुन् ।

छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका विषयमा प्रस्तुत गरिएका विभिन्न साङ्गीतिक र साहित्यिक कार्यक्रमको अवलोकन गरिन् ।

कार्यक्रममा कलाकार मनोज गजुरेलले विधुवा आमाको भेषमा विधुवा महिलाले समाजबाट झेल्नुपरेको समस्याबारे प्रस्तुति गरेका थिए । यस्तै मदनकृष्ण श्रेष्ठले छोरी नभएको भए छोरा मान्छेको जन्म नहुने भन्दै छोरी पनि छोरा सरह समाजमा अहिले प्रतिष्ठित ठाउँमा पुगेको बताए ।

कार्यक्रममा १८ जना छोरीले तवेला, बासुरीसहित साङ्गीतिक, १२ जना छोरीले नौमति बाजा बजाउनुको साथै ३४ जना छोरीले बासुरीका विभिन्न धुन बजाएका थिए । यस्तै कुन्ता शर्माले ‘पोथी बास्नु हुँदैन’ लक्ष्मण गाम्नागे ‘मान्छे र आइमाई’ मामिला जोशीले ‘नगरबधुको कर्तव्य’, भावना शर्माले ‘म जयसरा’ र अर्जुन पराजुलीले ‘मलाई जन्मिन देऊ’ शीर्षकमा कतिवा वाचन गरेका थिए ।

कार्यक्रममा अन्जु पन्तलगायत कलाकारले छोरी र आमाको भावले भरिएका गीत गाएका थिए । कार्यक्रममा राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, महिला अधिकारकर्मी, कलाकारलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७९, शनिबार  ७ : २३ बजे

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो