२४ बैशाख २०८१, सोमबार | May 6, 2024

प्रधानमन्त्री देउवाबाट बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रको उदघाटन (फोटो फिचर)



बुटवल । काठमाडौं पछिको सबैभन्दा ठुलो अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको बुटवलमा आज उदघाटन गरिएको छ । नवनिर्मित सम्मेलन केन्द्को प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरे । सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा पछिल्लो समय तिब्र गतिमा शहरिकरण बढी रहेको बताए ।

उनले शहरीकरणको विकासले आर्थिक र समाजिक विकासमा टेवा पुग्ने उल्लेख गर्दै शहरी पूर्वाधारको निर्माणमा स्थानीयतहको सहकार्य आवश्यक रहेको बताए । नेपालका दुई तिहाई जनता शहरमै बस्ने भएको भन्दै प्रधानमन्त्री देउवाले त्यसका लागि पनि स्वच्छ शहरको आवश्यक रहने बताए । उनले अन्तरराष्ट्रिय सम्मेलन केन्द्र आफैमा आत्मनिर्भर हुनु पर्ने उल्लेख गर्दै देउवाले सम्मेलन केन्द्रलाई उत्पादनशिल बनाएर आफ्नै क्षेमताले चल्न सक्ने बनाउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले राज्यको लगानीबाट कसरी प्रतिफल निकाल्न सकिन्छ ? त्यस विषयमा सोँचेर त्यसै अनुसारको कार्यविधि बनाउन संबन्धित निकायलाई आग्रह गरे । सम्मेलनकेन्द्रले बढी बन्दा बढी व्यवसायीहरुलाई आकर्षण दिएर केन्द्रलाई आत्मनिर्भर बनाउन सुझाव दिए ।

एमालेका उपाध्यक्ष एवँ पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेपालमा विकासको गफ नभएर विकासको काम चाहिएको उल्लेख गरे । उनले सम्मेलन केन्द्र संचालनका लागि तीनै तहका सरकारको सहकार्यमा संचालन कार्यविधि बनाउन सुझाव दिँदै दलिय आग्रह त्यागेर विकासको दृष्टिकोणमा एकाकार हुनु पर्ने बताए । सम्मेलन केन्द्रलाई सार्थक बनाउन पनि सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दोस्रो चरणको परियोजना शुरु गर्न ढिलाई गर्न नहुने भन्दै पौडेलले त्यसको सबै व्यवस्था भईसकेको र सरकारले अगाडि बढ्न निर्देशन दिनमात्र बाँकी रहेको बताए ।

१ अर्व ३ करोड ७६ लाख लागतमा तयार भएको सम्मेलन केन्द्रमा १ हजार सिटको सभाहल सहित साना ठुला गरि २ हजार ७ सय जनाले १२ वटा हलमा सम्मेलन केन्द्रमा एकसाथ कार्यक्रम गर्न सक्ने छन् । ३ तलाको कर्मचारी अवास, ४ वटा सुरक्षा भवन, २ वटा काउण्टर, ४ सय चार पाङ्ग्रे तथा ४०० वटा २ पाङ्ग्रे सवारी अट्ने पार्किङ तथा ५ वटा प्रवेश र निकस गेट रहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  २ : ३९ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म