१२ बैशाख २०८१, बुधबार | April 24, 2024

‘माल पाएर चाल नपाएको’ बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण संचालन नहुँदै सामान चोरिन थाले



बुटवल । राजधानी सारिएपछि शुन्यता छाएको बुटवलको गहनाकारुपमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको पूर्णरुपमा संचालनमा नआउँदै ‘चिरहरण’ सुरु भएको छ । तामझामकासाथ उदघाटन गरिएको एक वर्ष नपुग्दै सम्मेलन केन्द्रमा माकुराको जालो लाग्ने देखि शौचालयका सिट नै चोरी हुन थालेका छन् ।

संचालन कार्यविधि नबनाई उदघाटन गरिएको सम्मेलन केन्द्रको उदघाटन भएको वर्षदिन पुग्नै लाग्दा पनि कार्यबिधि बन्न सकेको छैन । शहरी विकास मन्त्रालयले आफ्नै स्वामित्वमा राखेर कार्यविधिबिना संचालनमा ल्याएको केन्द्रका सभाकक्षमा माकुराले जालो लगाएको छ भने पुरुष पिसावघरको पिसाव गर्ने सिट नै उप्काएर गायव पारिएको छ । शौचालयका बेसिनहरुको निकास पाईप फुटाएका कारण शौचालय जलमग्न हुने गरेको छ ।

संचालन खर्च नै मासिक १३ लाख अनुमान गरिएको सम्मेलन केन्द्रको लागि सरकारले मरमतको बजेट बिनियोजन नगरिदिँदा मरमत सम्भारमा समस्या आएको सभाहल तथा प्रद्धशनी केन्द्र निर्माण कार्यान्वयन इकाईका प्रमुख धर्मेन्द्र पन्थीले जनाएका छन् । संचालन कार्यविधिको मस्यौदा तयार गरि मन्त्रालयमा पठाइएपनि त्यस बारे कुनै निर्णय नभएको पन्थीले बताए । ‘ठेकेदार कम्पनीले हस्तान्तरण गरेको एक वर्ष मरमत र निर्माणमा देखिएको त्रुति सच्याउने सम्झौता अनुसार काम गरेपनि त्यसपछि कसरी मरमत गर्ने भन्ने विषय अन्यौल रहेको छ ।’ उनले भने । शौचालयको सिट चोरी भएको नभई फुटेको उनले बताए ।

उदघाटन सम्पन्न भएपनि त्यसको संचालनको निरन्तरता भने अहिले सम्म अन्यौलमा छ । शहरी विकास मन्त्रालयले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई ल्याएर उदघाटन गराउने काम गरेपनि त्यसपछि सम्मेलन केन्द्र कस्ले चलाउने ? संचालन कार्यबिधि के हो ? दैनीक दायित्व कस्ने व्यहोर्ने ? भन्ने विषयमा मौन रहेको छ । गत वर्ष चैत्र १९ गते देउवाले सम्मेलन केन्द्रको उदघाटन गरेका थिए ।

बुटवल उपमहानगरपालिकाले पटक पटक सम्मेलन केन्द्रको संरक्षण र संचालन गर्ने जिम्मेवारी माग गर्दा पनि शहरी विकास मन्त्रालयले बेवास्ता गरेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताए । ‘धेरै पटक उपमहानगरलाई संरक्षक बनाएर संचालनको अनुमति मागियो, तर मन्त्रालयले बेवास्ता ग¥यो,’ उनले भने, ‘जिम्मा नै नपाएको ठाँउमा भित्र पसेर अनुगमन गर्ने अधिकार नभएपछि समस्या आएको हो ।’

हाललाई कार्यान्वयन इकाई कार्यालयले कामचलाउ विधि बनाएर हल भाडामा दिने गरेको छ । अन्तरिम कार्यविधि बनाएर ४ घण्टाको ९६ हजार भुक्तानी गर्दा हल भाडामा लिन सकिने गरि अस्थायी विधि बनाइएको कार्यान्वयन इकाई प्रमुख पन्थीले बताए । राधानी दाङ सरेसँगै बुटवलमा राष्ट्रिय स्तरका कार्यक्रमहरु हुने क्रम घटेका कारण अस्थायी कार्यविधि अनुसार पनि हल बुक गर्न आउनेहरुको खडेरी लागेको छ । चालु आर्थिक वर्षमा पश्चिम नेपाल यातायात प्रालि र एउटा साँगीतिक कार्यक्रम बाहेक कुनैपनि बुकिङ नआएको कार्यालयले जनाएको छ ।

संघीय सरकारको शहरी विकास तथा भवन निर्माण विभागको १ अर्ब ११ करोड रुपैयाको लागतमा सम्मेलन केन्द्र तयार भएको हो । केन्द्रमा रहेका लेक्चर हल, ब्रिफिङ हल समेत गरि सबै हलहरुको क्षमता २ हजार ७ सय क्षमता रहेको छ । लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकिय स्थलहरुको नामबाट हलहरुको नामाकरण गरिएको छ । आधुनिक र उन्नत प्रविधियुक्त तयार भएको केन्द्र बाहिरीबाट हेर्दा नै निक्कै आर्कषक छ । राष्ट्रिय झण्डाको सूर्यचन्द्रको डिजाईनमा निमार्ण भएको दुई वटा मुख्य भवनमध्ये सुर्य भवनमा १ हजार क्षमताको मुख्य बाल्कोनीसहितको सभाहलसहित आठ वटा अन्य सानाहलहरु छन । यसैगरि चन्द्र भवनमा २ वटा २ सय क्षमताका हलहरु छन । दिउसोभन्दा रातमा भवन आर्कषण देखिन्छ । लाईटसहिटको वाटर फाउण्टेसन यसको अर्को मुख्य आर्कषण हो । सभाहलको पश्चिमतर्फ ४ सय चार पाग्रे र ४ सय दुई पाग्रे सवारी पार्क गर्ने क्षमताको पार्किङ रहेको छ ।

९ बिगाहा ६ कठ्ठा क्षेत्रफलमा बुटवलमा बनेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई काठमाडौं बाहिरको ठूलो र अत्याधुनिक दाबी गरिएको छ । पूर्वपश्चिम राजमार्गसंग जोडिएको बुटवल उपमहानगरपालिका वडा नं १० मा निर्माण भएको सम्मेलन केन्द्र हेर्दा जति मनमोहक छ त्यती नै ‘माल पाएर चाल नपाउने’ राज्यको प्रबृत्तिका कारण छिट्टै जिर्ण हुने निश्चित छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ९ : ०९ बजे

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि