८ असार २०८३, सोमबार | June 22, 2026

एमालेको आरोप– सरकार संरक्षित समूहले त्रिविमा ताला लगायो र प्राध्यापक कुट्यो.0



काठमाडौं । नेकपा एमालेले सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने समूहलाई नै सरकारले संरक्षण गरेको आरोप लगाएका हुन् ।

सरकार नेतृत्वकर्ता दल कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिविमा तालाबन्दी गरेको उनको भनाइ छ । त्रिविमा तालाबन्दीसहित नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारले संरक्षण गरेको आरोप लगाउँदै ज्ञवालीले तत्काल यस्ता गतिविधि बन्द गर्न माग गरे ।

विद्यार्थी संगठनको नेतृत्व लिएका व्यक्ति नै अहिले देशको सर्वोच्च पदमा पुगेको बताएका उनले त्रिविमा ताला लगाउने, प्राध्यापकलाई कुट्ने जस्ता कार्य गर्नेलाई कारबाहीबाट जोगाउन प्रहरीबाट सुरक्षा दिने र महान्यायाधिवक्ताबाट मुद्दा रोक्ने भन्दै आफ्ना कार्यकर्तालाई गलत शिक्षा दिएको आरोप लगाए ।

नेविसंघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १ : ५६ बजे

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको