१० पुस २०८२, बिहिबार | December 25, 2025

एमालेको आरोप– सरकार संरक्षित समूहले त्रिविमा ताला लगायो र प्राध्यापक कुट्यो.0



काठमाडौं । नेकपा एमालेले सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने समूहलाई नै सरकारले संरक्षण गरेको आरोप लगाएका हुन् ।

सरकार नेतृत्वकर्ता दल कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिविमा तालाबन्दी गरेको उनको भनाइ छ । त्रिविमा तालाबन्दीसहित नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारले संरक्षण गरेको आरोप लगाउँदै ज्ञवालीले तत्काल यस्ता गतिविधि बन्द गर्न माग गरे ।

विद्यार्थी संगठनको नेतृत्व लिएका व्यक्ति नै अहिले देशको सर्वोच्च पदमा पुगेको बताएका उनले त्रिविमा ताला लगाउने, प्राध्यापकलाई कुट्ने जस्ता कार्य गर्नेलाई कारबाहीबाट जोगाउन प्रहरीबाट सुरक्षा दिने र महान्यायाधिवक्ताबाट मुद्दा रोक्ने भन्दै आफ्ना कार्यकर्तालाई गलत शिक्षा दिएको आरोप लगाए ।

नेविसंघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १ : ५६ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न