८ असार २०८३, सोमबार | June 22, 2026

एन्फालाई ७ हजार अमेरिकन डलर जरिवाना



काठमाडौ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको छ।

कुवेतमा भएको एएफसी एसियन कप छनोट खेलमा आचारसंहिता उलङघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना तोकेको हो ।

प्रतियोगिताका बेला प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नियम उल्लंघन गर्दै ‘ड्रेसिङ रुम’ मा प्रवेश गरेको तथा लगातार दुई खेलमा पहेँलो कार्ड सामना गरेका अब्दुल्लाहको क्रियाकलापलाई लिएर एन्फालाई जरिवाना गराएको हो ।

‘प्रशिक्षका कारण एन्फालाई जरिवाना परेको हो, प्रशिक्षकले त्यस्तो काम गर्नु हुदैनथ्यो’ एन्फाको प्रवक्ता सुरेश शाहले भने ।

आयोजक कुवेत र जोर्डनविरुद्ध लगातार पहेँलो कार्ड सामना गरेपछि अब्दुल्लाह तेस्रो खेलमा इन्डोनेसियाविरुद्ध टेक्निकल एरियामा बस्न नपाउने भए पनि अब्दुल्लाहले सो नियम उलङघन गरेर ‘ड्रेसिङ रुम’ मा गएका थिए ।
एएफसीले नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाहले नियम उल्लंघन गरेको ठहर गरेको तथा सोही घटनालाई आधार मान्दै एएफसीले तीन महिनापछि एन्फालाई जरिवाना गर्ने निर्णय लिएको हो ।

सो घटना पछि एएफसीले एन्फालाई ६ हजार डलर तथा इन्डोनेसिया बिरुद्धको खेलको दोस्रो हाफमा खेल ढिला गराए पछि नेपालले थप एक हजार अमेरिकी डलर जरिवाना तिर्नु परेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : ४० बजे

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक