३१ भदौ २०८३, बुधबार | September 16, 2026

क्यानन् माविको संयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता : पत्रकारद्वय भुसाल र श्रेष्ठ विजयी



बुटवल । हरितालिका तीजको अवसरमा बुटवल-८ सुख्खानगरमा अवस्थित क्यानन् माविले मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । विद्यालयका संयोजन शिक्षक र पत्रकारहरु बीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी भएको हो ।

शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा पत्रकार यमलाल भुसाल र दिनेश श्रेष्ठको समूह विजयी भएको छ । उक्त समुहले शिक्षकहरु मिलनराज गिरी र महेश खनालको समूहलाई पराजित गरेको थियो ।

वेस्टअफ फाइभको उक्त प्रतियोगितमामा पत्रकारद्वय भुसाल र श्रेष्ठको समूहले ३-२ को सेटमा विजयी भएको हो । पहिलो २१-१९, १८-२१, १७-२१, २१-१८ गरी २-२ को बराबरी रहेको अवस्थामा अन्तिम खेल थप रोमान्चक बनेको थियो । कडा प्रतिस्पर्धा रहेको खेलमा पत्रकारको समुहले शिक्षकको समुहलाई अन्तिम सेटमा २७-२५ को अंकले पछि पार्दै जित दर्ता गरेको थियो ।

प्रतियोगितमा पत्रकार यमलाल भुसाल वेस्ट प्लेयरका रुपमा सम्मानित भएको मुख्य रेफ्री विष्णु थापाले बताए । जित र हारभन्दा पनि आपसी सद्भाव र भातृत्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक क्यानन् माविका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ५३ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०