१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

क्यानन् माविको संयोजनमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता : पत्रकारद्वय भुसाल र श्रेष्ठ विजयी



बुटवल । हरितालिका तीजको अवसरमा बुटवल-८ सुख्खानगरमा अवस्थित क्यानन् माविले मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । विद्यालयका संयोजन शिक्षक र पत्रकारहरु बीच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको समूह विजयी भएको हो ।

शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितमा पत्रकार यमलाल भुसाल र दिनेश श्रेष्ठको समूह विजयी भएको छ । उक्त समुहले शिक्षकहरु मिलनराज गिरी र महेश खनालको समूहलाई पराजित गरेको थियो ।

वेस्टअफ फाइभको उक्त प्रतियोगितमामा पत्रकारद्वय भुसाल र श्रेष्ठको समूहले ३-२ को सेटमा विजयी भएको हो । पहिलो २१-१९, १८-२१, १७-२१, २१-१८ गरी २-२ को बराबरी रहेको अवस्थामा अन्तिम खेल थप रोमान्चक बनेको थियो । कडा प्रतिस्पर्धा रहेको खेलमा पत्रकारको समुहले शिक्षकको समुहलाई अन्तिम सेटमा २७-२५ को अंकले पछि पार्दै जित दर्ता गरेको थियो ।

प्रतियोगितमा पत्रकार यमलाल भुसाल वेस्ट प्लेयरका रुपमा सम्मानित भएको मुख्य रेफ्री विष्णु थापाले बताए । जित र हारभन्दा पनि आपसी सद्भाव र भातृत्व विकासका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक क्यानन् माविका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गिरीले बताए ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : ५३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा