५ पुस २०८२, शनिबार | December 20, 2025

खजुरामा तिज महोत्सव सम्पन्न, सगरमाथा डान्स क्लव र प्रतिमा बैगारले पाए प्रथम पुरस्कार



खजुरा । कोरोना महामारीका कारण हुन नसकेको खजुरा तिज महोत्सव यस वर्ष बाँकेको खजुरामा सम्पन्न भएको छ । खजुरा क्षेत्र संरक्षण समितिको आयोजनामा आज सम्पन्न महोत्सवमा संस्थागत मौलिक तिज गीत प्रतियोगिता, एकल तिज नृत्यु प्रतियोगिता तथा लाखे नाच प्रदर्शन गरिउको थियो ।

लोपोन्मुख अवस्थामा पुगेको नेवार समुदायको लाखे नाचलाई खजुरामा अन्य समुदायको समेत सहभागितामा जिवन्त राखिएको छ । कोरोना महामारीका कारण दुई वर्ष खजुरामा तीज महोत्सब हुन सकेको थिएन ।

महोत्सवमा प्रमुख अथिती रहेका गाउँपालिका अध्यक्ष विकले तीज महोत्सवले खजुराको साँस्कृतिक महत्व र पहिचानलाई जोगाई राखेको बताए । अध्यक्ष विकले प्रतियोगितामा भाग लिनेहरु भविष्यमा राम्रो कलाकार बन्न सक्ने भएकाले यसलाई निरन्तरता दिन आयोजकलाई आग्रह गरे ।

तिज महोत्सवको संयोजक समेत रहेका खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले महिला दिदिबहिनीहरुको महान पर्वमा दाजुभाइहरुले गरेको सहयोग र सहकार्यका लागि धन्यबाद दिइन् । उपाध्यक्ष मल्लले तीजले महिला दिदिबहिनीहरुलाई रमाउने र मिलन गराउने बतावरण सिर्जना गरेको भन्दै यस खाले कार्यक्रमको आयोजना हरेक वर्ष आयोजना गर्न आवश्यक रहेको बताइन् ।

खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष तथा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले आफुहरुले पुरा गर्न बाँकी रहेका गौरवका योजनाहरुलाई बर्तमान स्थानीय सरकारले पुरा गर्नेमा विस्वास व्यक्त गरे ।

खजुरा बजारमा आयोजना गरिएको तिज महोत्सवलाई झण्डै ५ हजार बढिले अवलोकन गरेको आयोजक खजुरा क्षेत्र संरक्षण समितिले जनाएको छ ।

आयोजक समितिको सचिव प्रेम बुढाथोकीका अनुसार महोत्सवमा सामुहिक तीज नृत्य प्रतियोगितामा सगरमाथा डान्स ग्रुप प्रथम भएको छ भने आर्दश मावि दोस्रो , ज्ञानोदय मावि तेस्रो र मनकामना मावीले सान्त्वना पुरस्कार पाएको छ । महोत्सवमा एकल नृत्य प्रतियोगितामा प्रतिमा बैगार प्रथम, अरुणा शाहि द्धितिय, विपना थापा तृतियय र आयुषा ढकाल सान्त्वना भईन् । विजयी प्रतियोगिहरुलाई नगद सहित खादा तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

फोटो : खगेन्द्र दाहाल

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : ३० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता