१२ आश्विन २०८३, सोमबार | September 28, 2026

मानव बेचविखनका अभियुक्तलाई मकाउबाट झिकाइयो, ब्युरोबाट अनुसन्धान हुँदै



काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका-१ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो ।

आज नेपाल भिकाइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीको इन्टरपोल शाखाको टोलीले नियन्त्रणमा लिई थप कारबाहीका लागि ब्युरोमा पठाएको छ ।

अधिकारीले सुरुमा मासिक रु एक लाख ५० हजार तलब हुने गरी क्यानेडाली कम्पनीमा रोजगारी मिलाइदिने बहानामा पीडितको २५-२५ सय डलर र पासपोर्टसमेत लिएका खुलेको छ । त्यसपछि उनले संयुक्त अरब इमिरेट्समा राखेकोमा त्यहाँबाट लिबिया हुँदै इटाली लाने भनी पुनः रु तीन लाख आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई पीडितलाई लिबियाको शरणार्थी क्याम्पमा पु¥याएका थिए ।

क्याम्पमै रहेको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितलाई नेपाल फिर्ता ल्याइएको थियो ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ९ : ३९ बजे

सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौं । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । सङ्घीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका-३

कालीगण्डकीको बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, नयाँपुलमा १०० मिटर सडक बगायो

गण्डकी । कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका