८ असार २०८३, सोमबार | June 22, 2026

प्रचण्ड सहित माओवादीका केन्द्रीय नेता आज सुर्खेत जाँदै



सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुर्खेत जाँदै छन् । पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत जान लागेका हुन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय शक्ति बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ सहभागि हुने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय समितिदेखि माथिल्लो तहका नेताहरु सहभागी हुनेछन् । पार्टीका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्माले विमा समितिको प्रदेश कार्यालयको उद्घान गरेर कार्यक्रममा सहभागी हुने तालिका रहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  १० : ३४ बजे

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक