२१ मंसिर २०८२, आइतबार | December 7, 2025

सालझण्डीको जङ्गलमा प्रेमिकाको हत्या गरी फरार रहेका व्यक्ति १९ महिनापछि पक्राउ



बुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षिय काशिराम मुरावलाई सालझण्डी प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको हो ।

शव फेला परेपछिपनि सनाखत हुन नसकि झण्डै डेढवर्ष सम्म थन्किएको घटनाको अनुसन्धान गरि प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीका अनुसार शवसँगै भेटिएको घडी, शवको फोटोमा देखिएको टाटु तथा फोटोमै देखिएको अनुहारको बनोटका आधारमा झण्डै २ महिना अगाडिमात्र शवको सनाखत भएको थियो । प्रहरीले सार्वजनिक गरेको फोटोका आधारमा मृतकका बुवा ७० वर्षिय भक्तिराम अर्यालले शवको सनाखत गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

७ महिनाको गर्भवती रहेकी गुल्मी साबिक अर्खवाङकी ३४ वर्षिया बसन्ता भन्ने धनकुमारी अर्यालको पक्राउ परेका मुराउले हत्या गरेको प्रहरीले दाबी गरेको छ । मृतक वसन्ता र पक्राउ परेका काशीराम मुराउबीच विगत ४ बर्ष पहिले देखी प्रेम सन्बन्ध रहेकोमा मुराउको घरमा श्रीमती, तीन छोरी र एक छोरा समेत रहेको प्रहरीले जनाएको छ । बसन्ताको अवैध सम्बन्धबाट गर्भ रहन गएकाले अभियुक्त मुराउले प्रेमीका वसन्तालाई जंगलमा लगी घाँँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीवाट सातदिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : १३ बजे

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न

साँगा-धुलिखेल सडक : पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु