८ असार २०८३, सोमबार | June 22, 2026

बाँके क्षेत्र नम्बर ३ मा अधिकांस ‘टुरिष्ट’ नेताहरु उम्मेदवारमा सिफारिस



खजुरा । बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने प्रभावशाली स्थानीय उम्मेदवार नभेटिएपछि कांग्रेसले पार्टीका केन्द्रीय नेताहरुलाई ‘टुरिष्ट’ उम्मेदवार बनाउने गरि नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेसको क्षेत्रिय समितिले स्थानीय आकाँक्षिहरुलाई उपेक्षा गर्दै पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर र प्रधानमन्त्री पत्नी आरजु देउवा राणा सहितको नाम सिफारिस गरेको हो ।

गठबन्धनबाट क्षेत्र नम्बर ३ करिव करिव कांग्रेसको ‘पोल्टा’मा पर्ने निश्चित जस्तै भएपछि बाँके ३ बाट चुनाव लड्न केन्द्रीय नेताहरुले ईच्छा व्यक्त गरेको बताईएको छ । कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको लोप्रियताबाट त्रसित भएर आरजुले बाँके ३ मा आउन खोजेकी हुन सक्ने कांग्रेस स्रोतले दाबी गरेको छ । कांग्रेसकै सहमहामन्त्री राठौर बर्दियाबाट बाँके आउने चाहाना बमोजिम लामो समयदेखि बाँकै मै डेरा जमाएर बसेका छन् ।

क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर सिफारिस गरिएको छ । प्रत्यक्षमा सिफारिस गरिएका अन्य नेताहरुमा बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे रहेका छन् । सिफारिस भएका अन्य नेताहरुमा पनि आशा बिक, बादशाह कुर्मी, नक्की खाँ र देवबहादुर खत्रीमात्र क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । मेघराज ओली र लक्ष्मीनारायण शाहले चुनावमा बाहेक अन्यसमयमा आफुलाई नेपालगन्जबासी भन्न रुचाउँछन् भने उत्तम घिमिरे स्थायरुपमा काठमाडौ बस्दै आएका छन् । उनी कहिलेकाहीं कारोबार हेर्न बाँकेको खजुरा आउने गर्दछन् ।

क्षेत्रिय समितिले समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १२ : ०६ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका