३ असार २०८१, सोमबार | June 17, 2024

आजको मौसम : प्रदेश-१ मा भारी वर्षाको सम्भावना



काठमाडौं । अहिले देशका केही स्थानमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर-१, मधेस प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । बागमतीका थोरै र अरू प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका केही तथा अरू प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश-१, मधेस, बागमती, गण्डकी प्रदेश र लुम्बिनीमा सामान्य बदली तथा अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश-१, मधेस र गण्डकीका थोरै तथा अरू प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  ६ : ३६ बजे

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न अर्थमन्त्रालयसँग छलफल गरिने

काठमाडौं । सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने