४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

काठमाडौं क्षेत्र नंं. ५ मा माओवादीबाट कल्पना शर्माको एकल सिफारिस



काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य कल्पना शर्मालाई काठमाडौं क्षेत्र नं. ५बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।

माओवादीको काठमाडौं जिल्ला समितिको हिजो सम्पन्न बैठकले शर्माको एकल उम्मेदवारी सिफारिस गरेको हो ।

क्षेत्र नं. ५ का लागि पार्टी इन्चार्ज समेत रहेकी केन्द्रीय सदस्य शर्मा यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयरका प्रत्यासी थिइन । टोखा बुढानिलकण्ठ क्षेत्रमा निकै सक्रिय शर्मा बागमती प्रदेशको योजना आयोग सदस्यको रुपमा समेत काम गरिसकेकी छिन् ।

पार्टीप्रति समर्पित शर्मा स्थानीय जनताको दुःख सुखमा सहभागी हुँदै आएकी छिन् । माओवादीका नेता कार्यकर्ता समर्थकका लागि मात्र नभएर अन्य पार्टीसहित सबै जनताको काम गर्न अघि सर्ने शर्मा कानून व्यवसायी समेत हुन् ।

आफुलाई सिफारिस गर्ने पार्टीप्रति आभार व्यक्त गर्दै शर्माले प्रतिनिधिसभा निर्वाचनमा सहज प्रतिस्पर्धा गर्ने बताइन ।

यस क्षेत्रमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उठ्दैछन् । यसअघि प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत भने यसपटक यहाँबाट नउठ्ने भएका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ४४ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको