९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

आजको मौसम : काठमाडौंमा बिहानैदेखि वर्षा, केही प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । मनसुनी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ भने गण्डकी र बागमतीका केही भू-भागमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रही अन्य प्रदेशहरूमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै, आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ७ : १४ बजे

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न

त्रिभुवन राजपथमा पालैपालो सवारीसाधन सञ्चालन

हेटौंडा । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र कान्ति राजमार्ग

एसियाली खेलकुद : पुरुष क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान पराजित

काठमाडौं। जापानमा भइरहेको २०औं एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले विजयी

आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि अझै बढ्ने

काठमाडौँ । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी